नेपाल मेडिकल काउन्सिलद्वारा ‘विज्ञ सूची’ तयार गर्न आवेदन आह्वान
barnanmedia.com · Thu May 21 21:57:05 GMT 2026

नेपाल मेडिकल काउन्सिलले आफ्नो व्यावसायिक आचरण तथा स्वास्थ्य समितिमा दर्ता हुने उजुरी र विशिष्टीकृत विषयहरूमा निष्पक्ष एवं वैज्ञानिक राय प्राप्त गर्नका लागि आधिकारिक ‘विज्ञ सूची’ तयार पार्ने भएको छ । काउन्सिलले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै नयाँ र पारदर्शी प्रणालीमार्फत विज्ञहरूको परिचालन गर्न स्वचालित ‘र्यान्डम सेलेक्सन’ नीति अवलम्बन गरेको जानकारी दिँदै योग्य विशेषज्ञहरूलाई आवेदनका लागि आह्वान गरेको हो ।
विज्ञ सूचीमा आबद्ध हुनका लागि नेपाल मेडिकल काउन्सिलमा विशेषज्ञका रूपमा दर्ता भएको र कुनै पनि नैतिक वा व्यावसायिक आचरण उल्लंघन सम्बन्धी कारबाहीमा नपरेको हुनुपर्नेछ । साथै, सम्बन्धित विधामा एमडी, एमएस वा एमडीएस वा सो सरहको विशेषज्ञ उपाधि प्राप्त गरेपछि सम्बन्धित विषयमा न्यूनतम १० वर्षको कार्य अनुभव भएको वा प्राज्ञिक क्षेत्रमा सह(प्राध्यापक वा सोभन्दा माथिल्लो पदमा कार्यरत रहेको हुनुपर्ने योग्यता तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)