श्रेयसले भारतीय टी–२० टिमको कप्तानी गर्ने, वैवभको सिनियर टिममा स्थान !
annapurnapost.com · Fri Jun 05 07:09:21 GMT 2026
काठमाडौं : भारतीय टी–२० क्रिकेट टिमको कप्तानी श्रेयस अय्यरले पाउने चर्चा चलिरहेको छ । क्रिकइन्फोका अनुसार आगामी २०२८ को ओलम्पिक र अष्ट्रेलिया र न्यूजिल्यान्डमा हुने विश्वकपलाई ध्यानमा राखेर श्रेयसलाई राष्ट्रिय टिमको कप्तानी दिन लागिएको बताइएको छ ।
भारतीय क्रिकेट सेलेक्सन कमिटीले श्रेयसलाई टी२० को कप्तानी दिन लागेको बताइएको छ । आयरल्यान्ड र इन्ङ्ल्यान्डको आगामी श्रृंखलाको लागि शनिबार भारतको टी–२० टिमको घोषणा हुँदा यो सूर्यकुमारको लागि सबैभन्दा ठूलो धक्का हुनेछ । ३५ वर्षीय सूर्यकुमारको खराब फर्मका कारण उनलाई टिमबाट बाहिर राखिने सम्भावना प्रवल रहेको छ । सूर्यकुमारले २०२६ को विश्वकपमा पनि राम्रो प्रदर्शन गर्न सकेनन् । २०२६ को आइपीएलमा पनि सूर्यकुमारको ब्याट चलेन ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)