एमाले पाल्पा अध्यक्षमा घिमिरे निर्विरोध
ekantipur.com · Sat Jan 08 01:01:23 GMT 2022
पाल्पा — नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले पुराना नेता धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा निविरोध निर्वाचित गरेको छ । आकांक्षी धेरै भए पनि अन्तिममा घिमिरे निर्विरोध भएका हुन् ।
एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय रहेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी), उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध भए । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)