मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा
rajdhanidaily.com · Mon Jul 06 03:36:21 GMT 2026
काठमाडौं । रोमाञ्चकता खेलमा १० खेलाडीमा समेटिएको इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब अमेरिकाको मियामी गार्डेन्समा नर्वेसँग क्वाटरफाइनल खेल्नेछ ।
८० हजारभन्दा बढी दर्शक उपस्थित मेक्सिको सिटीस्थित प्रतिष्ठित एस्टाडियो एज्टेकामा बेलिङ्घमले ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाए। उनले ३६औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे भने ३८औं मिनेटमा ह्यारी केनको पासलाई सदुपयोग गर्दै व्यक्तिगत दोस्रो गोल पूरा गरे। मेक्सिकाका लागि जुलियन किन्योनेसले ४२औं मिनेटमा गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)