भारतको नागाल्याण्डमा सैन्य आक्रमणपछि स्थानीयले सेनाको गाडी नै जलाइदिए
ekantipur.com · Sun Dec 05 18:03:48 GMT 2021
काठमाडौँ — भारतको नागाल्याण्डस्थित एक गाउँमा सैनिक आक्रमणबाट दर्जनौं स्थानीयबासिन्दा मारिएपछि आक्रोशित बनेका गाउँलेहरूले सेनाको गाडी नै जलाइदिएका छन् ।
म्यानमारको सीमाक्षेत्रमा पर्ने मोन जिल्लाको एक दुर्गम ओटिङ गाउँस्थित शनिबार राति आतंकवादीको आरोपमा सेनाले आक्रमण गर्दा १३ जना मारिएका थिए । त्यसको प्रतिवादमा उत्रिएका गाउँलेहरूले सेनाको गाडी नै जलाइदिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)