मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुसन्धानलाई शीघ्रता दिन अदालतको आदेश

ekantipur.com · Tue May 28 00:12:13 UTC 2024

जनकपुर — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न आदेश दिँदै अदालतले अनुसन्धानलाई शीघ्रता दिन आदेश दिएको छ । तर, जसरी पनि पक्राउ गर्ने योजना साथ धनुषा सरुवा गरिएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले योजनाबद्ध ढिलाइ गरिरहेका छन् ।

सर्वसाधारणको बचत सहकारीबाट निजी कम्पनीमा ल्याएर अपचलन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने गत फागुन २३ मा गृहमन्त्री बनेका हुन् । गृह मन्त्रालयको नेतृत्वमा पुगेको दुई सातामै चैत ६ मा रामुराज कडरियालाई प्रजिअमा धनुषा सरुवा गरेका थिए, उनी चैत ८ मा जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए । प्रजिअ चक्रपाणि पाण्डेलाई ८ महिना नपुग्दै सरुवा गरेर कडरियालाई पठाइएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)