टी–२० विश्वकपको अभ्यास खेलमा अस्ट्रेलिया टोलीमा ९ जना मात्रै खेलाडी
Ujyaaloonline.com · Tue May 28 00:05:14 UTC 2024
काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी हुने भएका छन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आबद्ध खेलाडीलाई घरपरिवारसँग समय बिताउनका लागि क्रिकेट अस्ट्रेलियाले छोटो समयको छुट्टी दिएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । यही कारण भोलि हुने नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी रहने भएका हुन् । यस्तै अर्काे अभ्यास खेलमा बिहीवार अस्ट्रेलियाले वेस्ट इन्डिजसँग खेल्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)