मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पपुवा न्यु गिनी पहिराे : २ हजार जना भन्दा धेरै मानिस बेपत्ता भएकाे पुष्टि

Ujyaaloonline.com · Tue May 28 00:05:31 UTC 2024

पपुवा न्यु गिनीले गएको शुक्रवारको पहिरोमा परेर दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको छ । बेपत्ता हुने मानिसको सङ्ख्याबारे फरक–फरक विवरण सार्वजनिक भइरहेका बेला पपुवा न्यु गिनी सरकारले नै संयुक्त राष्ट्र सङ्घलाई पहिराेमा परि दुई हजार जनाभन्दा धेरै मानिस बेपत्ता भएका जनाएको हो ।

समाचार संस्था एएफपीका अनुसार सरकारले संयुक्त राष्ट्र सङ्घलाई बेपत्ता भएकाहरूको सङ्ख्याबारे जानकारी गराउँदै भयानक सङ्कटको सामना गर्न सहायता माग गरेको छ । राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोर्सबीमा पत्रकार सम्मेलन गरेर अहिलेको घटना इतिहासकै ठूलो घटना भएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)