यू–१९ राष्ट्रिय महिला क्रिकेट : मधेस र सुदूरपश्चिम फाइनलमा
baahrakhari.com · Sun Jun 14 18:06:11 GMT 2026
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा जारी प्रथम यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस र सुदूरपश्चिम प्रदेश प्रवेश गरेका छन् । उपाधिका लागि दुई प्रदेशबीच भिडन्त हुने पक्का भएको छ ।
समूह चरणको अन्तिम खेलमा मधेसलाई सात विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेसलाई नै प्रतिस्पर्धीका रूपमा पाएको हो । आइतबार भएको समूह चरणको अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायम राखेको गण्डकीका लागि मधेसमाथि सुदूरपश्चिमले जित निकालेसँगै फाइनलमा जाने आश टरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)