बहालवाला दुई प्रमुख प्रशासकीय अधिकृतसहित १९ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा
rajdhanidaily.com · Sun Sep 08 23:23:13 UTC 2024

सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजना तथा सोलार बत्ति जडान लगायतका कार्यमा सम्झौता बमोजिमको कामै नगरि रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १९ जना बिरुद्ध विशेष आदालतमा मुद्दा दायर गरेको छ ।
तिरहुत गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत (हाल राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत) रमेश प्रसाद यादव र इन्जिनियर खुर्सेद इक्रामले आ.ब. २०७५–७६ मा वडा नं. ५ स्थित पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन सम्वद्र्धन तथा व्यवस्थापन कार्यका लागि योजनाको सम्झौता पत्रमा सही छाप गरेको विपरीत काम भएको अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)