हिरापाटा बस्तीमा पानी बोकेर ल्याउने दैनिककी अन्त्य
rajdhanidaily.com · Sun Sep 08 23:28:48 UTC 2024

स्याङ्जा । पुतलीबजार नगरपालिका १३ हिरापाटा बस्तीमा अहिले खुशी छाएको छ । दैनिक आधा घण्टादेखी एकघण्टा हिडेर पानी ल्याउने दिनको अन्त्य भएपछि सिङ्गो बस्तीमा खुशी छाएको हो ।
१५० घरधुरीलाई लिफ्टिङ खानेपानी आयोजना मार्फत एक घर, एक घारा निर्माण भएपछि सधै डोकोमा बोकेर खानेपानी प्रयोग गर्दै आएका नागरिकलाई सहज भएको छ । संघिय सरकारको सहयोगमा आर्थिक बर्ष २०७४–०७५ बाट शुरु भएको आयोजना आर्थिक बर्ष २०८०–०८१ मा सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)