मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामपामा १ सय ५४ जना मेलमिलापकर्ता सूचीकृत

ratopati.com · Thu May 21 22:42:03 GMT 2026

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमार्फत विवाद निरुपण र स्थानीय तहका समस्या समाधान गर्न सूचीकृत १५४ जना मेलमिलापकर्ता तयार गरेको छ ।

कामपाका निर्देशक वसन्त आचार्यले मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षासहित १५४ जना तयार गरिएको बताए । उनले भने, “मेलमिलाप प्रक्रियाको गुणात्मक नतिजा अपेक्षा गरेका छौँ । कति सङ्ख्यामा मेलमिलापका सत्र सञ्चालन भए, त्यो नतिजा होइन । सत्रबाट कति वटा विवादको मेलमिलाप भयो । त्यो नतिजा हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)