मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्तारूढ दुई दलका विद्यार्थीको विवादले कृषि विश्वविद्यालय १० दिनदेखि ठप्प

ekantipur.com · Sun Sep 08 23:37:26 UTC 2024

चितवन — सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीबीचको झडप र तालाबन्दीले चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) १० दिनदेखि बन्द छ । विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन ठप्प हुनुका साथै परीक्षा पनि प्रभावित भएको छ ।

विश्वविद्यालयको रामपुरस्थित छात्रावासमा कांग्रेस र एमालेनिकट विद्यार्थी संगठनका समर्थकबीच भदौ १३ मा झडप भएको थियो । त्यसको भोलिपल्ट विश्वविद्यालय प्रशासनले छात्रावास खाली गराएको थियो । भदौ १५ मा विश्वविद्यालयका निमित्त उपकुलपतिको अध्यक्षतामा बैठक बसिरहेका बेला कांग्रेसनिकट नेविसंघले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्‍यो । त्यसपछि सुरक्षाको कारण देखाउँदै प्रशासनले पठनपाठनलगायत गतिविधि बन्द गर्ने निर्णय गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)