मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द

ekantipur.com · Mon Dec 12 01:17:37 GMT 2022

पाल्पा — पाल्पाबाट गुल्मी जाने तानसेन–रिडी सडक दैनिक १० घण्टा बन्द भएको छ । सडक चौडा गर्ने काममा निर्माण व्यवसायीलाई दैनिक काममा सहज गराउन सडक डिभिजन पाल्पाले सडक बन्द गरेको हो ।

सडक डिभिजनले सूचना प्रकाशन गरेर बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुकी ७ बजेदेखि १० बजेसम्म सडक बन्द गरेर काम गराएको छ । तानसेन–रिडी सडक खण्डको रिब्दिकोट गाउँपालिका–३, खस्यौलीको सिरुखर्क माल्मुल क्षेत्रमा सडक फराकिलो गर्ने काम भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)