मुख्य न्यायाधीश डा बागचन्द र कुँवरलाई किन छुटाइयो सर्वोच्च लैजान?
barnanmedia.com · Wed Jun 11 21:39:56 GMT 2025

निकै लामो समयको रिक्ततापछि सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि गएको मंगलबार तीन जनाको नाम न्याय परिषद्बाट सिफारिस भयो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको जोडबलमा गरिएको उक्त सिफारिसको पहिलो क्रममा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल परेका छन् ।
पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष बनेको धेरै भएको थिएन । वर्ष दिन पनि नबसी आफू निर्वाचित भएको पदलाई न्याय दिन नसकेका उनी अब सर्वोच्च अदालतको कुर्सीमा बसेर न्याय दिने भएका छन् । उनको योग्यता र निष्ठामा खासै प्रश्न नभए पनि विनोद चौधरीको घरानाको कोटामा परेर हो वा प्रधानन्यायाधीश राउतको डीएलए नाता जोडिएर हो, न्याय परिषद्मा एक मत नहुँदा नहुँदै पनि उनलाई न्यायाधीश बनाएरै छाड्ने अड्डीमा प्रधानन्यायाधीश राउत रहेको देखियो । ५८ वर्षीय पोखरेलले अब ७ वर्ष सर्वोच्चमा सेवा गर्नेछन् । पोखरेलका लागि प्रधानन्यायाधीशले लिएको यो अड्डीसँगै अब डीएलएको भागमा २०९२ पछिको प्रधानन्यायाधीश पर्ने सम्भावना पनि क्षीण बनेको छ । किनभने अब सर्वोच्चको न्यायाधीश नियुक्त हुने पालो पीपीएलएका उम्मेदवारको हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)