मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिहीनलाई लालपुर्जा वितरण

barnanmedia.com · Wed Jun 11 21:58:35 GMT 2025

नवलपुरको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । बुधबार यहाँको वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।

वर्षौंदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि धेरै खुसी लागेको स्थानीय अमृत विकले बताउनुभयो । “हजुरबुबाका पालादेखि बस्दै आएको जमिन आफ्नो नाममा थिएन, पहिलोपटक जमिनको मालिक हुँदा धेरै खुसी लागेको छ”, उहाँले भन्नुभयो, “आफू बसेको जमिनसमेत आफ्नो नाममा नहँुदा धेरै पीर लाग्ने रहेछ, अब त्यो पीर हटेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)