क्यानका कार्यवाहक सचिव पाठकमाथि दुर्व्यवहार
baahrakhari.com · Sat Aug 12 16:25:00 GMT 2023
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मकवानपुरमा दुर्व्यवहार भएको छ ।
शनिबार मकवानपुर क्रिकेट संघको आठौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा कार्यवाहक सचिव पाठकमाथि केही युवाले मोबिल प्रहार गरेका थिए । पाठक मकवानपुर जिल्ला अघिवेशनको उद्घाटनका लागि क्यानको केन्द्रीय प्रतिनिधिका रूपमा हेटौँडा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)