मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भुक्तानीमा ढिलाइ भएपछि ब्रोकरविरुद्ध उजुरीको चाङ

nayapatrikadaily.com · Thu Feb 08 00:41:00 GMT 2024

सेयर बिक्री गरेको रकम दुई हप्तासम्म पनि खातामा जम्मा नभएपछि ब्रोकरविरुद्ध नियामक निकाय नेपाल धितोपत्र बोर्डमा लगानीकर्ताले गरेको उजुरीको चाङ लागेको छ । कारोबार भएको दुई दिनभित्र बिक्रीकर्ताको खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था भए पनि दुई हप्तासम्म पनि भुक्तानी नपाएको भन्दै लगानीकर्ताले बोर्डमा उजुरी गरेका हुन् ।

एक सातामा बोर्डमा लगानीकर्ताबाट आउने उजुरी उच्चदरमा बढेको बोर्डको उजुरी शाखामा आएको निमित्त कार्यकारी निर्देशक नवराज अधिकारीले बताए । उनले भने, ‘पछिल्लो एक सातादेखि उजुरी धेरै आएका छन, कतिको संख्याको आएको भन्ने ठ्याक्कै थाहा भएन । तर, धेरै गुनासो आएको पाएको छु ।’ उजुरीको संख्या बढेपछि ब्रोकरका प्रतिनिधिहरूलाई फोन गरेर भुक्तानीको समस्याबारेमा जानकारी लिएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)