२४ घण्टामा उपत्यकामा दुई हजारभन्दा बढी चालक कारबाहीमा
nagariknews.nagariknetwork.com · Mon Jul 06 04:28:54 GMT 2026

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीले कारबाहीमा परेकाहरूमध्ये मादक पदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
काठमाडौँ