ट्रम्पको हस्तक्षेपपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमले जनायो आपत्ति
kalakarmi.com · Mon Jul 06 04:26:42 GMT 2026

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुन माथिको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ ।
अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनो लाई फोन गरी बालोगुनमाथिको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेका थिए । बालोगुन बोसनीया एण्ड हर्जगोभिना विरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा रातो कार्ड पाएपछि स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
डोनाल्ड ट्रम्प
फिफा