अनुमति विना घुम्ति व्यापार व्यवसाय गर्न नपाईने
barnanmedia.com · Mon Jul 06 04:33:10 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनधिकृत रूपमा घुम्ति व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने भएको छ ।
नगरपालिकाको क्षेत्राधिकार भित्र पूर्व स्वीकृति नलिई ढुवानी तथा सवारी साधनको प्रयोग गरी व्यवसाय गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार पालिकाको क्षेत्राधिकार भित्र अनधिकृत रूपमा मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रक लगायतका सवारी साधनहरू मार्फत पूर्व स्वीकृति विना व्यापार व्यवसाय गरि रहेको गुनासो आएपछि कडाई गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
सरोज गुरागाईं