भलिबल खेलाडी उषा भण्डारी सम्मानित
baahrakhari.com · Mon Nov 25 16:27:50 GMT 2024
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य उषा भण्डारीलाई ज्ञान संस्कार इन्टरनेसनल स्कुलले सम्मान गरेको छ । सोमबार सामाखुसीको ज्ञान संस्कार इन्टरनेसनल स्कुलले 'स्पोर्ट्स डे'को अवसरमा उषालाई सम्मान गरेको प्रधानाध्यापक निलम बानिया बडुले जानकारी दिइन् ।
नेपाली भलिबल र समग्र खेलकुदलाई उचाइँमा पुर्याउन भूमिका खेलेकाले सम्मान गरिएको उनले बताइन् । "भलिबलमात्रै हैन, नेपाली खेलकुदलाई प्रवर्धन गर्न उषाले ठूलो योगदान गर्नुभएको छ । उहाँको योगदानलाई कदर गर्न पाउँदा स्कुल परिवार खुसी छौँ," उनले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)