महिलाको ‘हत्या’ गरेर तीन दिनसम्म शवमा झारफुक
ekantipur.com · Sun Apr 17 00:54:01 GMT 2022
कञ्चनपुर — आँगनभरि अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा हालेर रातो बनाइएका फलामका डन्डी । बीचमा महिलाको शव । शवको वरिपरि तीन जना धामीझाँक्री कामिरहेका थिए । ‘यो हामीले गरेको, हामी नै ठीक पार्छौं,’ उनीहरू भनिरहेका थिए । शव गन्हाइसकेको थियो । तैपनि केही क्षणमा होसमा ल्याउने भन्दै हल्लिइरहेका थिए ।
कञ्चनपुरको वेदकोट नगरपालिका–६ का वडा सदस्य धनसिंह पुजाराले शनिबार दिउँसो कमला साउदको घरमा देखेको दृश्य यही हो । मुसेपानीमा धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको खबर सुनेपछि उनी त्यहाँ पुगेका थिए । झाँक्रीको कुटपिटबाट ४२ वर्षीया रञ्चुला साउदको बिहीबार नै मृत्यु भएको थियो । शव गन्हाएको अवस्थामा आँगनमै राखिएको थियो । शरीरभरि घाउ र फलामको डन्डी तताएर पोलेका डाम थिए । ‘बिहानै मेरो घरमा एक–दुई जना आएर साउदको घरमा यस्तो भएको छ भने,’ वडा सदस्य पुजाराले भने, ‘म त्यहाँ जाँदा धामीहरू मैमाथि खनिए, त्यसपछि प्रशासनमा फोन गरेर प्रहरी बोलाउनुपर्यो ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)