मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन: परियार [अन्तर्वार्ता]

nepalsamaya.com · Tue May 28 00:16:00 UTC 2024

नेपालमा गणतन्त्रको सुरुआत भएको डेढ दशक बढी भैसकेको छ। संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्‍यो। मुलुकमा अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको प्रमुख सचेतक परियारको बुझाइमा भने राजनीतिक स्थायित्व कुनै अमुक व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु र नहुनुसँग सरोकार हुँदैन। नीति, दर्शन एवं राजनीतिक विचार र बुझाइमा स्थायित्व हुनु नै राजनीतिक स्थायित्व हो।

नयाँ दलले पुराना दललाई प्रतिस्थापन गर्दै लग्नु प्राकृतिक स्वभाव भएको बताउँदै प्रमुख सचेतक परियार पछिल्लो समय सङ्घीय संसदमा देखिएको गतिविधिलाई पुराना दलले नयाँ दलका लागि छोड्न नमान्दा देखिएको घर्षणको रुपमा चित्रण गरेका छन्। उनी स्वयं राजनीतिक दलहरुमा नै संविधानमा भएको व्यवस्थाप्रति स्वामित्व र सम्मानको आवश्यकता समेत औंल्याएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)