सिके राउतको पार्टी तोडफोडसहित आमहड्तालमा उत्रिएपछि सिरहामा निषेधाज्ञा
pahilopost.com · Mon Dec 27 16:59:46 GMT 2021
सिरहाः सिके राउत नेतृत्व जनमत पार्टीले केही दिनदेखि तोडफोडसहितको आमहड्ताल र चक्काजाम गरेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ। पुस १३ र १४ गते बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म स्थानीय प्रशासनले कुनै पनि भेला हुन, राजनीतिक सभा गर्न र हिँडडुलमा समेत निषेध गरेको छ।
स्थानीय प्रशासनले पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिणको ५०० मिटर आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यस्तै चोहर्वादेखि सिरहा सडक खण्डको पिके राव इन्टरप्राइजेज तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम पनि निषेधित क्षेत्र घोषणा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)