बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी
barnanmedia.com · Mon Nov 25 22:10:58 GMT 2024

काठमाडौँ, ११ मङ्सिर : तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहनुभएको छ । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं २०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गर्नुभएका उहाँले सबै खर्च कटाएर वार्षिक रु छ लाख बचत हुने गरेको बताउनुभयो ।
डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत र्गाुभएको थियो । उहाँले व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । विगत छ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारीसमेत दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)