यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
deshsanchar.com · Mon Nov 25 22:26:48 GMT 2024

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ ।
त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)