रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता
barnanmedia.com · Mon Nov 25 22:25:49 GMT 2024

काठमाडौँ, ११ मङ्सिर :रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी अधिकारीसँग भेटवार्ता गर्नुभएको छ । तालिवानी अधिकारीहरूसँगको भेटका क्रममा उहाँले तालिबान समूहलाई प्रतिबन्धित सङ्गठनको सूचीबाट चाँडै हटाउने आश्वासन दिनुभएको बताइएको छ ।
रूसको सुरक्षा परिषद्का सचिव शोइगुले काबुलमा उपप्रधानमन्त्री अब्दुल गनी बरादरको नेतृत्वमा रहेको अफगान समूहसँग भेटवार्ता गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)