मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार

ratopati.com · Mon Nov 25 23:15:00 GMT 2024

काठमाडौँ । मन्त्रिपरिषद्ले डेडिकेटेड तथा ट्रंक लाइनको महसुल टाइम अफ डे (टीओडी) मिटरका आधारमा उठाउन ऊर्जा मन्त्रालयलाई दिएको निर्देशक एक दिनपछि सकिँदैछ । कार्तिक २५ गतेको उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठकले त्यसको दुई दिन पछि गरेको थियो । लगत्तै प्राधिकरणले उद्योगमा लाइन जोड्यो । सरकार र प्राधिकरण सञ्चालक समितिको निर्णयअनसार दुई दिनभित्र उद्योगीहरूले बक्यौता तिर्नुपर्नेछ ।

यी निर्णयपछि पनि प्राधिकरणले उद्योगीहरूलाई स्मरण पत्र पठाउँदै बक्यौता तिर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तोकिएको समय सीमाभित्र बक्यौता नबुझाए फेरि लाइन काट्ने चेतावनी दिइसकेका छन् । प्राधिकरणले महसुल नतिरेका उद्योगमा लाइन काटेपछि प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्काले पटकपटक आपत्ति जनाएका छन् । यसअघि पछिल्लो पटक प्राधिकरणले कार्तिक ८ गते लाइन काटेको थियो । यसपछि प्राधिकरणले अर्थतन्त्र नै सिध्याउन योजनाबद्ध रूपमा लागेको सार्वजनिक अभिव्यक्ति दुवै जिम्मेवार व्यक्तिले दिँदै आएका छन् । यही कारण समयसीमा सकिनै लाग्दासम्म पनि उद्योगीहरू बक्यौता तिर्ने सुरसारमा देखिँदैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)