मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सूर्य नेपाल सेन्ट्रल ओपन: तोरण विक्रम शाही शीर्षस्थानमा

nagariknews.nagariknetwork.com · Mon Nov 25 12:53:35 GMT 2024

सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही ५–अन्डर ६७ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।उनले नेपाल नम्बर एक गल्फर भुवन नगरकोटी र सुनिल केसीलाई एक स्ट्रोकले पछि पारे।

गोकर्ण गल्फ क्लबमा सिजनको पहिलो प्रतियोगिताको पहिलो दिन सोमवार तोरणले राम्रो सुरुवात गरे। बोगी रहित फ्रन्ट नाइन खेले। तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३–अन्डर ३३ मा सकाए। यसपछि दशौं होलमा एक सट खेर फाले। तर यसपछि १२ औं, १३औं र १५ औं होलमा एक–एक सट बचाएर ब्याक नाइन २–अन्डर ३४ मा सकाए। यसरी पहिलो दिन ६ बर्डी र एक बोगी प्रहार गर्दै तोरण पहिलो दिन शीर्षस्थानमा रहे।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)