बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपिल
techpana.com · Fri Aug 28 06:41:22 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको छ । यसै सन्दर्भमा कतिपय व्यक्ति, समूह तथा संस्थाहरूले जथाभाबी अनधिकृत क्यूआर कोड र व्यक्तिगत खाता नम्बरहरू सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति प्रधानमन्त्री सचिवालयले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सचेत गराएको छ । "यसका लागि सार्वजनिक गरिएको आधिकारिक क्यूआर कोड र खाता नम्बरमा मात्र आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ," सचिवालयले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)