मूल्यवृद्धिले विकासका काम प्रभावित
gorkhapatraonline.com · Tue Apr 14 03:45:59 GMT 2026

पछिल्लो समय निर्माण सामग्रीमा लगातार भइरहेको मूल्यवृद्धिले सिन्धुली जिल्लामा विकास निर्माणका काम प्रभावित भएका छन् ।
इन्धनको मूल्य बढेसँगै निर्माण सामग्रीको अभाव र महँगी बढ्दा अधिकांश आयोजना प्रभावित बनेका हुन् । निर्माण व्यवसायी सङ्घ सिन्धुलीका अध्यक्ष उद्धव दाहालका अनुसार दैनिक जसो निर्माण सामग्रीको मूल्य बढ्दै जाँदा काम सञ्चालन गर्नै कठिन भएको छ । “आज किनेको सामान भोलि त्यही मूल्यमा पाइँदैन,” उहाँले भन्नुभयो, “पहिले प्रतिबोरा सात सय रुपियाँमा पाइने सिमेन्ट अहिले ८५० रुपियाँ पुगेको छ । डन्डी (रड) प्रतिकेजी ९२/९३ रुपियाँबाट बढेर १०७ रुपियाँ पुगेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)