मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छानबिन समितिको क्षेत्राधिकारमा समझदारी

ekantipur.com · Tue May 28 00:21:13 UTC 2024

काठमाडौँ — सहकारी बचत अपचलन प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी कांग्रेस सहमतिउन्मुख देखिएका छन् । संकटग्रस्त सहकारीको नाम उल्लेख गरी बचत हिनामिना गर्ने व्यक्ति र संस्थामाथि छानबिन गर्ने गरी समितिको क्षेत्राधिकारमा समझदारी जुटेको हो । मंगलबार बस्ने सत्तापक्ष र प्रमुख प्रतिपक्षीको बैठकले समितिको कार्यादेशलाई अन्तिम रूप दिनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको बैठकले कार्यादेशमा समझदारी गरेको हो । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम कार्यादेशमा उल्लेख नहुने भए पनि उनी तत्कालीन प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गर्ने र उक्त कम्पनीमा सहकारीको रकम सार्नेमाथि छानबिन गर्न दुवै पक्ष सहमत भएको छ । समिति गठनमा औपचारिक सहमति भने मंगलबार १ बजे संसद्को बैठक बस्नुअघि कार्यदलको बैठकले टुंगो लगाउने समझदारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)