मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चले माग्यो नदीखोला मापदण्डका ९ कागजात

rajdhanidaily.com · Thu Jan 08 23:25:44 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका करिब ८४ हजार घरधुरीका १० लाख हाराहारी जनतासँग प्रत्यक्ष सरोकार राख्ने नदी–खोला मापदण्ड पुनरावलोकनसम्बन्धी मुद्दा एक साताभित्रमा पूर्ण सुनुवाइमा जाने भएको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार कानुन व्यवसायीको जिकिर सुनेपछि मुद्दासम्बन्धी थप कागजात एक साताभित्र मगाएर सुनुवाइका लागि पेसी चढाउन आदेश दिएको हो ।

अदालतले नदी खोलासँग सम्बन्धित विभिन्न ९ वटा काजगात सात दिनभित्र पेस गर्न सम्बन्धित निकायलाई आदेश दिँदै त्यसपछि मुद्दालाई पूर्ण सुनुवाइका लागि पेस गर्न भनेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबारको सुनुवाइ पछि ‘मिसिल कागजात झिकाउने’ आदेश दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)