डी भिलियर्सले अब क्रिकेट नखेल्ने
rajdhanidaily.com · Fri Nov 19 23:32:34 GMT 2021
केपटाउन । दक्षिण अफ्रिकाका पूर्वकप्तान एवी डी भिलियर्सले सबै खाले क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले फ्रेन्चाइज लिगहरू खेल्दै आए पनि शुक्रबार सबै क्रिकेटका शैलीबाट सन्न्यास लिएको जनाएका छन् ।
योसँगै उनी अब खेलाडीका रूपमा मैदान देखिने छैनन् । उनले दक्षिण अफ्रिकाबाट १ सय १४ टेस्ट, २ सय २८ ओडीआई र ७८ टी–२० आई खेल खेलेका छन् । डी भिलियर्स विश्व क्रिकेटका सर्वाधिक आक्रामक ब्याटरको रुपमा चिनिन्छन् । विस्फोटक ब्याटिङ प्रमुख विशेषता भिलियर्सलाई मिस्टर ३ सय ६० डिग्री भन्ने गरिन्छ । डी भिलियर्सको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक ३१ बलको कीर्तिमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)