मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एथेन्स विमानस्थलमा विमानको आपतकालीन अवतरण, सबै यात्रु र चालक दल सकुशल

barnanmedia.com · Sun Jul 21 22:03:21 UTC 2024

एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल (एआईए)मा शुक्रबार २३३ जना सवार विमानले आपतकालीन अवतरण गरेको छ ।

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उक्त विमानमा सवार सबै यात्रु र चालक दल सकुशल छन् । विमान लण्डनबाट ग्रीसको क्रेट टापुको चानिया विमानस्थलका लागि प्रस्थान गरेको थियो । विमानमा हाइड्रोलिक प्रणालीमा समस्या देखिएपछि आपतकालीन अवतरण गरिएको जनाइको छ । यो घटना शुक्रबार विश्वव्यापीरुपमा सूचना प्रणालीमा देखिएको घटनासँग भने सम्बन्धित नभएको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)