मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साउदीमा रोनाल्डोको प्रतीक्षा समाप्त : अल-नासरलाई ११ औँ पटक लिग उपाधि

ratopati.com · Fri May 22 00:49:50 GMT 2026

रियाद । विश्व फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोले साउदी अरब पुगेको साढे तीन वर्षपछि पहिलो पटक साउदी प्रो लिगको उपाधि उचालेका छन्। सन् २०२२ को डिसेम्बरमा म्यानचेस्टर युनाइटेड छाडेर सनसनीपूर्ण रूपमा अल-नासरसँग आबद्ध भएका ४१ वर्षीय रोनाल्डोका लागि यो प्रतिक्षित क्षण बन्यो।

विश्व फुटबल जगतलाई चकित पार्दै साउदी अरबलाई खेलकुदको विश्वमञ्चमा स्थापित गर्ने उद्देश्यका साथ भित्र्याइएका रोनाल्डोले लामो समयसम्म कुनै पनि ठुलो घरेलु उपाधि जित्न नसक्दा विभिन्न टिप्पणी भइरहेका थिए। तर, बिहीबार राति भएको सिजनको अन्तिम खेलमा डामकमाथि ४–१ को सानदार जित निकाल्दै अल-नासरले आफ्ना कट्टर प्रतिद्वन्द्वी अल-हिलाललाई पछि पारेर सन् २०१९ पछिको पहिलो लिग उपाधि कब्जा गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)