एमालेको कार्य विभाजन : ‘मिसन स्थानीय चुनाव’को जिम्मेवारी युवा र महिलालाई
annapurnapost.com · Fri May 22 00:43:58 GMT 2026

काठमाडौं : एमालेले नयाँ तथा युवा नेताहरूलाई ‘मिसन स्थानीय चुनाव’ को जिम्मेवारी दिने भएको छ। मिसन स्थानीय चुनावको जिम्मेवारी दिइएका १ सय २४ नेतामध्ये ६९ जना महिला छन्। जसमा सुहाङ नेम्बाङ, सुनिता डंगोल, नरेश रोकाया, मनोज ताम्ली, नीता घतानी, राधिका खतिवडा, अस्मिता थापा र कमला बोहरासमेत रहेका छन्।
अध्यक्ष केपी शर्मा ओलीले सोमबार बसेको सचिवालय बैठकमा मिसन स्थानीय चुनावका लागि नयाँ, युवा र महिलालाई जिम्मेवारी दिने प्रस्तावको नामावली पेस गरेका थिए। प्रस्तावमाथि शुक्रबार बस्ने सचिवालय बैठकमा छलफल र अन्तिम निर्णय हुनेछ। विभागीय प्रमुख र संगठन इन्चार्जहरूको कार्यविभाजन प्रस्ताव पनि ओलीले तयार गरेका छन्। प्रस्तावअनुसार पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’लाई सुशासन र सेवा प्रवाहसम्बन्धी विभागहरूको संयोजनको जिम्मेवारी दिने भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)