दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
ratopati.com · Fri Jun 26 17:16:16 GMT 2026

बागमती । हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा रु १८ लाखभन्दा बढीको कारोबार भएको छ । स्थानीयस्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यका साथ बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारद्वारा संयुक्त रूपमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सव सुरु भएको दुई दिनमा रु १८ लाखभन्दा बढीको कारोबार हो । शनिबारसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन तीन हजार ५०० किलो र दोस्रो दिन चार हजार ५०० किलो ड्रागन फ्रुट बिक्रीबाट उक्त रकम बराबरको कारोबार भएको हेटौँडा उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले जानकारी दिए । उनका अनुसार महोत्सवमा हेटौँडा, मकवानपुरगढीलगायत स्थानबाट किसानले बगैँचाबाट सङ्कलन गरेका ताजा तथा प्राङ्गारिक ड्रागन फ्रुटको प्रदर्शनी र बिक्री गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)