मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा आगलागी हुँदा तीन वर्षीया बालिकाको जलेर मृत्यु

barnanmedia.com · Mon Sep 09 22:19:12 UTC 2024

जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्ती गाउँमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय कालीबहादुर रावतकी छोरी आरोसी रावतको आगलागीबाट मृत्यु भएको हो।

सोमबार साँझ ५:२० बजेतिर मिलढुस्का भन्ने ठाउँमा काठ र त्रिपालले बनाइएको अस्थायी टहरामा खाना पकाउने क्रममा आगलागी भएको थियो।जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश बहादुर चन्दका अनुसार आगलागीको खबर ६ बजे स्थानीयहरूले प्रहरी चौकी ताम्तीमा दिएपछि तत्कालै प्रहरी सहायक निरीक्षक मदन सिंह बोहराको नेतृत्वमा चार जना प्रहरी जवान घटनास्थलतर्फ खटिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)