मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदको विज्ञापन रद्द

nepalviews.com · Fri May 22 01:01:40 GMT 2026

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि खुलाएको दरखास्त आह्वानको प्रक्रिया रद्द गरेको छ।

मन्त्रालयले यही जेठ ७ गते गोरखापत्र दैनिकमा सूचना निकाल्दै उक्त रिक्त पदपूर्तिका लागि आवेदन मागेको थियो। तर, विज्ञापन खुलाएको भोलिपल्टै (जेठ ८ गते) अर्को सूचना जारी गर्दै मन्त्रालयले दरखास्त प्रक्रिया स्थगित गरेको हो।

मन्त्रालयद्वारा जारी नयाँ सूचनामा 'विशेष कारणवश' आवेदन आह्वान रद्द गरिएको उल्लेख भए पनि विज्ञापन स्थगित गर्नुको यकिन कारण भने खुलाइएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)