जाडो छल्न माथिल्लो मुस्ताङका शैक्षिक संस्था बेँसीमा स्थानान्तरण
ratopati.com · Wed Nov 12 19:07:00 GMT 2025

मुस्ताङ। उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने भएकाले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत सामुदायिक तथा धार्मिक गुम्बा विद्यालयहरूलाई बेँसीमा स्थानान्तरण गरिएको हो ।
माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा तीन सरकारी सामुदायिक र चार वटा धार्मिक गुम्बा विद्यालय सञ्चालनमा छन् । गाउँपालिकाका सामुदायिक र गुम्बा विद्यालय सबै जाडो छल्न बेँसीमा स्थानान्तरण गरिसकिएको लोमान्थाङ गाउँपालिकाका प्रशासन प्रमुख विकास केशीले जानकारी दिए । लोमान्थाङ गाउँपालिकाको छोन्हुप झिन्जु आधारभूत विद्यालय जाडो छल्न दसैँ अगावै बेँसी झरेको र राष्ट्रिय आधारभूत लोमान्थाङ र दिव्यदीप माध्यमिक विद्यालय छोसेर तिहार लगत्तै जाडो छल्न बेँसी झरेको प्रशासन प्रमुख केशीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)