आकाशमा मन्त्रीको हेलिकिप्टर उडिरह्यो, कर्णालीमा डुबेका जनताको उद्धार भएन : ज्ञानेन्द्र शाही
nepalpress.com · Mon Jul 06 06:21:26 GMT 2026

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा बस दुर्घटना हुँदा उद्धारमा सरकारले चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै भीरमा अड्किएर डाँको लगाउँदा समेत यात्रुको उद्धार नभएको बताए।
उनले भने, ‘भीरमा अड्किएर उहाँले जीवनको भीख मागिराख्नुभएको थियो । उनीहरूको गुहारले नदीको किनार थर्कियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो । स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो । गाडी नदीमा डुब्यो र भीरमा अड्केको मान्छेको मृत्यु भयो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो, आशा सक्कियो तर उद्धार आएन । त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)