मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

च्यारिटी फाउन्डेसनलाई साइमेक्स इंक र बीवाईडीको एक करोड 

ekantipur.com · Mon Sep 09 23:52:56 UTC 2024

काठमाडौँ — नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन स्थापना गरेको छ । राजधानीमा आयोजित एक समारोहबीच साइमेक्स र बीवाईडीले उक्त फाउन्डेसन स्थापनाको घोषणा गरेको हो ।

फाउन्डेसनले एक करोड रुपैयाँ योगदान गर्नेछ भने प्रत्येक बीवाईडी गाडी बिक्रीबापत १० हजार रुपैयाँ फाउन्डेसनमा जम्मा गरिने जनाइएको छ । घोषणा समारोहमा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका जनरल म्यानेजर लिउ स्वेलियाङले ग्राहकले किन्ने प्रत्येक गाडीबापत उक्त रकम दिइने प्रतिबद्धता व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)