विमान दुर्घटनाका सबै मृतक परिवारलाई टाटाले एक करोड दिने, क्षतिग्रस्त होटल बनाइदिने
nepalsamaya.com · Thu Jun 12 18:09:02 GMT 2025

टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रतिव्यक्ति एक करोड भारू दिने घोषणा गरेको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो । सुरूमा टाटाले स्थापना गरेको कम्पनी पछि भारत सरकारले किनेको थियो। सरकारलेचलाउन नसकेपछि फेरि अहिले टाटाकै स्वामित्वमा छ।
टाटा ले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग सुनिश्चित गर्ने पनि बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)