सतर्कता केन्द्रको कार्यक्रम कर्मचारीप्रति कडा प्रस्तुत भए, मुख्यमन्त्री कँडेल
rajdhanidaily.com · Thu Jan 08 23:55:34 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झन्झटिलो कानुनी संरचना यथावत् रहिरहेसम्म नागरिकका अपेक्षा पुरा गर्न नसकिने स्वीकार गरेका छन् । राष्ट्रिय सतर्कता केन्द्रद्वारा विहीबार वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध÷प्राविधिक परीक्षण अन्तरनिकाय समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उनले कर्मचारी प्रशासन, कानुनी जटिलता र कार्यशैलीकै कारण विकासमा ढिलासुस्ती हुने गरेको दाबी गरे ।
भ्रष्टाचार, सुशासन र ढिलासुस्तीका विषयमा प्रश्न उठाउँदै भने, “तपाईंहरू स्थायी कर्मचारी हुनुहुन्छ, तपाईंहरूमाथि प्रश्न कम उठ्छ । कहिलेकाहीँ आउने हामी जनप्रतिनिधिमाथि किन बढी प्रश्न उठ्छ ? तपाईंहरूको कर्मचारीको संलग्नता बिना रकम कसरी तलमाथि हुन्छ । तपाईंहरूको सहि बिना कुनै पनि काम–कारबाही अघि बढ्दैन ।” मुख्यमन्त्री कँडेलले कर्मचारीहरू दबाब, प्रभाव वा प्रलोभनमा परेर निर्णय गर्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गर्दै निर्भिक रूपमा सुधारको काममा अघि बढ्न अनुरोध गरे । “सुधारको काममा तपाईंहरू अघि बढ्नुभयो भने मेरो पूर्ण सहयोग रहनेछ,” उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)