तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
ratopati.com · Thu Jun 12 18:31:00 GMT 2025

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले थुनामा पठाउन आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् ।
२०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँ सहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)