बालुवाटारमा प्रधानमन्त्री कार्की-ओली शान्तवार्ता
barnanmedia.com · Thu Jan 08 23:50:38 GMT 2026

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती दिनमा प्रधानमन्त्री सुशीला कार्कीप्रति निकै आलोचनात्मक अभिव्यक्ति दिँदै आएका थिए । प्रधानमन्त्री सुशीला कार्की पनि ओलीप्रति चर्को धारणा राख्थिन् । त्यसैले उनले ओली लगायतका शीर्ष नेतालाई भेट्न सुरुमा चासो दिइनन् ।
तर, केही साता यता चुनाव र राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री कार्की र ओलीबीच संवाद सहज हुन थालेको छ । त्यसैको पछिल्लो कडि थियो- बिहीबार बालुवाटारमा भएको प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीचको शान्त, एकान्त वार्ता ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)