मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुरमा घटे महिला मतदाता

nepaltvonline.com · Thu Jan 08 23:37:56 GMT 2026

नवलपुर (नवलपरासी)- अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट – सुस्तापूर्व)मा महिला मतदाताको सङ्ख्या घटेको छ । अघिल्लो निर्वाचनको भन्दा पनि यस निर्वाचनमा दुई हजार जनाले महिला मतदाताको सङ्ख्या घटेको हो ।

नवलपुरका जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार २०७९ को निर्वाचनमा नवलपुरमा एक लाख ३६ हजार १२१ जना महिला मतदाता रहेका थिए । अहिले यो सङ्ख्या घटेर एक लाख ३४ हजार १७० कायम रहेको भुसालले बताउनुभयो । जिल्लामा महिला मतदाताको सङ्ख्या घटेको भए पनि समग्र मतदाताको सङ्ख्या भने करिब आठ हजारले बढेको भुसालको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)