आज बजेट भाषण: स्वास्थ्यले आर्थिक वर्ष २०८१/८२ का लागि कति पाउला?
swasthyakhabar.com · Tue May 28 00:29:00 UTC 2024

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।
अर्थमन्त्री पुनले मंगलबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १९ खर्ब हारहारीको आकारको बजेट ल्याउने लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)